काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसले १० जना मन्त्री पठाउने भएको छ ।
कांग्रेसको मुख्य सहयोगमा बन्न लागेको नयाँ सरकारमा क्षमता, योगदान, समावेशीताको मापदण्ड बनाएको कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पक्षका ६ र इतर समुहका ४ जान पठाउने तयारी गरेको छ ।
प्रकाशमान सिंह नेतृत्वमा सरकारमा जाने तयारी गरेको कांग्रेसले संस्थापन पक्षबाट सिंह, रमेश लेखक, अजय चौरासिया, किशोरसिंह राठोर, आरजु राणा र दिपक खड्का पठाउने करिब निश्चित भएको छ ।
त्यस्तै डा शेखर कोइराला समुहबाट हृदयराम थानी, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम पठाउने तयारी भएको नेताहरुले दाबी गरेका छन् । मन्त्रीका लागी नाम पठाउने विषयमा आज विहान डा कोइरालाको सम्पर्क कार्यालयमा उक्त समुहको बैठक बसेको थियो ।




















प्रतिक्रिया