काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेख्दै मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।
उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन काम गर्न इच्छुक भएको बताएका छन्।
‘नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा केपी शर्मा ओलीलाई बधाई छ। दुई देश बीचको मित्रताको गहिरो सम्बन्धलाई सुदृढ बनाउन र जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई थप विस्तार गर्न नजिकबाट काम गर्न तयार छौं,’ उनले लेखेका छन्।




















प्रतिक्रिया