Logo

राजनीति

बीपीलाई सम्झिदै तरुण अध्यक्षले भने- हरेक पक्षबाट सबल हुनु नै समाजवादको मूल मर्म हो



काठमाडाैं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औं स्मृति दिवसकाे अवसरमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले हरेक पक्षबाट जनता सबल हुनुनै समाजवाद भएकाे बताएका छन् ।  ४२औं स्मृति दिवसकाे तरुण अवसरमा अध्यक्ष गुरुङले यस्ताे बताएका हुन् ।

तरुण अध्यक्ष गुरुङले सामाजिक सञ्जालमा भनेका छन्- बीपीले प्रतिपादन गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रो आदर्शको रुपमा रहेको छ । उनले जनता हरेक पक्षबाट सबल हुनुनै समाजवादको मूल मर्म भएकाे बताए ।

राष्ट्रको विकास र लोकतन्त्रको संरक्षणमा पूर्ण बफादार भएर नेपाल तरुण दल केन्द्रीय समिति एक भएर अघि बढिरहेको तरुण अध्यक्ष गुरुङले बताए ।

बीपी कोइरालाको स्मृति दिवसमा उनलाई सम्झिदै तरुण अध्यक्ष गुरुङले भने- ‘आज बीपी कोइरालाको स्मृति दिवसमा उहाँलाई सम्झिदै गर्दा बीपीले परिकल्पना गर्नुभएको तरुण दलको सिङ्गो संगठन उहाले देखाउनुभएको बाटोमा हिड्न तत्पर छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १२:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।