Logo

प्रमुख समाचार

मन्त्री छनाेटमा कांग्रेसभित्र तीव्र असन्तुष्टि, लुम्बिनीमा निरंकुशता लादेकाे आराेप



रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमर सिंह पुनले कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरु छनौट गर्दा संघीयता, समावेशीताको मर्म र पार्टीको विधानविपरीत भएको भन्दै पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश संरचनाप्रति वितृष्णा बढिरहेको समयमा आम कार्यकर्ताको भावनाविपरीत निरंकुश शैलीले पार्टीको प्रदेश संरचना कमजोर बनाइएको बताउँदै उनले पार्टी केन्द्रलाई तत्काल निर्णय सच्चाउन आग्रह गर्दै त्यसो नभएको राम्रो सन्देश नजाने चेतावनी दिएका छन् ।

लुम्बिनी कांग्रेसमा सभापतिसहित अधिकांश इतर समूहको छन् भने सांसदहरुमा बहुमत संस्थापन समूहका छन् । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि छाएको छ ।

कांग्रेस र एमालेबीच पाँचरपाँच जना मन्त्री बनाउने सहमति थियो। तर, अन्तिममा कांग्रेसले एक जना मन्त्री घटाएर नाम सिफारिस गरेको थियो ।

पार्टीभित्रको आन्तरिक विवाद र समावेशीको मुद्दाको कारणले एक जना मन्त्री बाँकी राखेर चार जना मन्त्रीको नाम सिफारिस गरेको जनाइएको छ।

सभापति पुनले केन्द्रीय सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको पत्रमा प्रदेशको आग्रह मानेर निर्णय नसच्चाएमा त्यसको सन्देश राम्रो नहुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ०९:३७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।