Logo

प्रमुख समाचार

राजासहित अटाउने ब्यवस्थाले देशको दिगो बिकास : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने भन्दै तत्काल मार्गचित्र परिबर्तन जरुरी भएको बताएका छन् ।

मंगलबार राप्रपा नेपाल काठमाडौं ५ नम्बर क्षेत्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजादेखि सबै अटाउन सक्ने ब्यबस्थाले मात्र मुलुकको आर्थिक,सामाजिक,राजनैतिक हित गर्ने बताएका छन् । थापाले आर्थिक समृद्धिको नारा गफबाट नभई कामबाट प्रमाणित गर्न आबश्यक भएको समेत बताए ।

काङ्ग्रेस,एमाले माओवादीको बिकल्पमा राप्रपा नेपालले मात्र बिचार दिनसक्ने भन्दै थापाले संगठन निर्माण र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका अनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षणमा अध्यक्ष थापा सहित डाक्टर बिष्णु भण्डारी , जयकुमार खड्का, राजाराम बर्तौला ूचुनेलीू, सन्तोष अधिकारी लगायतले बोलेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।