Logo

प्रमुख समाचार

टीआरसी विधेयकबारे प्रधानमन्त्रीले भने– सहमतिका साथ आयोगहरू निर्माण हुनेछन्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित टीआरसी विधेयक सहमतिका साथ अघि बढेर कानुन निर्माणको प्रक्रियामा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधनको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले केही खुसी र केही स्पष्ट पार्न आफूले संसदमा आज समय मागेको बताए ।

उनले देशमा रहेको द्वन्द्व नेपालको मौलिकता अनुसार नै दलहरूले प्रयास गरेको र सोही अनुसार अघि बढेको भन्दै शान्ति प्रक्रियाको एक अंश टीआरसी विधेयक पनि सहमतिमै अघि बढेको बताए । ‘हामी द्वन्द्वलाई शान्ति प्रक्रियामा बदल्न आफ्नै हिसाबले अगाडि बढायौँ । यो मौलिक छ । त्यही कारण सकारात्मक ढङ्गले समाधान हुँदै आएको छ’, ओलीले भने, ‘दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया टुंग्याउँदैछौँ ।’ द्वन्द्वको नीति बोकेका अनेक समूहलाई शान्ति र लोकतन्त्रको राष्ट्रिय मूलधारमा ल्याइसकेको भन्दै उनले अहिले टीआरसीलाई टुंग्याउने प्रयास गरिएको बताए ।

लामो समयदेखि अल्झिएको टीआरसी विधेयकमा दलहरूबिच सहमति जुटेपछि मङ्गलवार संसदमा टेबल भएको थियो । आजै उक्त विधेयक पारित गर्ने तयारी छ । दुवै सदनबाट पारित भएपछि ऐन बन्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १३:५४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।