काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् ।
गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस. जयशङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भ्रमण फलदायी भएको प्रतिक्रिया दिइन् ।




















प्रतिक्रिया