Logo

प्रमुख समाचार

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेको उम्मेदवारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ । अहिले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।

नेकपा एसको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसैगरी उपमहासचिव पदमा चार जनाको उम्मेदवारी परेको छ । राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र लक्ष्मण केसीले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो ।

आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिने छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलवार १०:४७   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।