Logo

प्रमुख समाचार

महामन्त्री थापा र शर्माको प्रतिवेदनमाथि जुट्यो यस्ताे सहमति



काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको छ ।

शनिबार बसेको शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको हो । बैठकमा विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरामा समेत सहमति जुटेको छ । ‘सबै कुरामा सहमति भयो ।

विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरा भयो । पार्टीका विधानसँग सम्बन्धित जति पनि मुद्दाहरू छन्, ती सबैलाई विधान मस्यौदा समितिमा पठाउने बैठकमा सहमति भयो’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिप कृष्णप्रसाद पौडलले भने ।

महामन्त्री गगनकुमार थापाको प्रस्तावमा भने कहीँ कतै पनि गठबन्धनको उल्लेख नगरिएको पौडेलले बताए । आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने केही कुरा पनि नआएको उनले बताए ।

उनले भने, ‘गठबन्धन गर्ने नगर्ने केही कुरा पनि आएन, नेपाली कांग्रेसले बहुमत ल्याउने गरेर संगठनलाई विस्तार गर्ने सहमति भयो ।’ बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूपनि सहभागी थिए ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । त्यसअघि प्रतिवेदनमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार १७:०५   :  बजे

1.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।