Logo

प्रमुख समाचार

प्रधानमन्त्रीमा दोस्रो तहको नेतालाई अघि सार्न भनेपछि के भने देउवाले ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि सरकारको नेतृत्वमा आफू नभइ दोस्रो तहका नेताहरुलाई अघि सार्न सुझाव दिएका छन् । जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

“जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस्,” शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “कांग्रेसको महामन्त्रीले घुमाएर होइन सिधै कुरा गर्छ । ०८३ को असारसम्म केपी ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यसपछि तपाईंले पार्टीका नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का जसलाई छान्नुहोला, छान्नुहोस् ।”

शर्माले यस्तो प्रस्ताव गरेपछि देउवाले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए । “मैले छाड्नेवाला छैन भनेपछि यस्तो कुरा गर्न मिल्छ ? अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्,” देउवाको चुनौती थियो ।

शर्माको प्रस्तावपछि देउवाले भन्नेबित्तिकै कसैले छाड्छ भनी प्रश्न गरेका छन् । “भन्नेबित्तिकै कसैले छोड्छ ? तपाईंलाई छोड्न मन छैन भने, तपाईं छाड्नुहुन्छ ? यस्तो कुरा नगर्नुस्,” उनले बैठकमा भने ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार २१:१४   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।