Logo

प्रमुख समाचार

महामन्त्रीलाई देउवाको जवाफ– कसैले छोड् भन्दैमा प्रधानमन्त्री छोड्नुपर्छ भन्ने छैन, अहिल्यै छोड्दिन



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्मालाई कसैले छोड् भन्दैमा आफूले प्रधानमन्त्री पद नछाड्ने जवाफ दिएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै देउवाले सो कुरा बताएका हुन् । यसअघि बैठकमा बोल्दै महामन्त्री शर्माले ‘अब तपाईँ प्रधानमन्त्री बन्नुहुन्न, त्याग गर्नुपर्छ’ भनेका थिए ।

देउवाले त्यसको जवाफ दिएका हुन् । ‘तपाईँले छोड् भन्नुभयो, ठिक छ त्यो तपाईंको विचार हो, तर कसैले छोड् भन्दैमा मैले छोड्नुपर्छ भन्ने छैन । म अहिल्यै छोड्दिन‚’ देउवाले भने ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार ०६:००   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।