Logo

प्रमुख समाचार

बालेनलक्षित ओलीको यस्ताे टिप्पणी



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा आएका टिप्पणीले फरक नपर्ने बताएका छन् ।

बुधबार पार्टीको पोलिटब्युरो बैठकमा ओलीले आफूहरूसँग ठूलो पार्टी र बलियो संगठन भएकाले फेसबुकमा लेखिने विषयलाई चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गरेर टिप्पणी गरेका हुन् । तर, उनले बालेनको नाम लिएनन् ।

केही दिनयता बालेनले प्रधानमन्त्री ओलीलक्षित स्टाटस राखेपछि सामाजिक सञ्जाल तातेको छ । सरकारकै संलग्नतामा आफ्नो एउटा फेसबुक स्टाटस हटाइएको संकेत गरेपछि बालेनका समर्थकहरूले ओलीलाई फेसबुकमा अनफलो गर्ने अभियान नै चलाएका छन् ।

प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार  ९ : ०८ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।