Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बालुवाटारमा भएको आजको भेटवार्तामा प्रभावकारी सरकार सञ्चालनका बारेमा छलफल भएको बताइएको छ ।

त्यस्तै, सरकारमा सहभागी मन्त्रीहरुको कार्य सम्पादनबारेमा पनि छलफल भएको बालुवाटार स्रोतले बताएको छ । जनतामा देखिएको निराशालाई चिर्ने गरी काम गर्न नसक्ने मन्त्रीहरुबारे पुनर्विचार गर्नेबारेमा समेत छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आईतवार २०:३१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।