Logo

राजनीति

कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसले मानव अधिकार विभागमा १० जना समस्य मनोनीत गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत सदस्यहरुमा सर्मिला अधिकारी, दुर्गाबहादुर सुवेदी, डा वासुदेव गिरी, कृष्ण चौधरी, रोहित पौडेल, रामकृष्ण प्रजा, माया बराल, मोहन परियार, चन्द्रप्रकाश अधिकारी र पुष्पराज पाण्डे रहेको कांग्रेसले जनाएकाे छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार ११:५७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।