Logo

प्रमुख समाचार

बिना लगानी शेयर भ्रष्टाचार हो, लामिछानेले अनुचित काम गरे, शेयर लिएको स्विकार गरे : महासचिव पोखरेल



दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचार गरेको बताएका छन् ।

घोराहीमा भएको पत्रकार सम्मेलनमा महासचिवले पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा बिना लगानी शेयर लिएर भ्रष्टाचार गरेको दाबी गरेका हुन् ।

‘गोरखा मिडिया प्रालिमा रवि लामिछानेले बिना लगानी शेयर लिएको स्विकार गरेका छन्। रवि लामिछानेको भनाई मान्ने हो भने बिना लगानीको साझेदारी प्राप्त गर्नु भएको हो । त्यहि अन्य राजनीतिक दलले गरेको भए के गर्थे भने के हुन्छ ?

आफूले लगानी नै नगर्ने तर १५ प्रतिशत शेयर प्राप्त गर्ने !’ पोखरेलले भने, ‘बिना लगानी हिस्सेदारी/ साझेदार बन्ने पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन। बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’

बिना लगानी शेयर पाउने कुरा अनैतिक भएको उनको टिप्पणी छ । लामिछानेले सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए। सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको उनको भनाई छ । ‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो ।’

पोखरेलले भने,‘ रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छ न्।’

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार ०९:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।