Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीलाई एमाले पार्टी कार्यालय डुबेकोमा चिन्ता



प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासल छेउमा रहेको पुलका कारण एमाले पार्टी कार्यालय डुबेको बताएका छन् । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यहाँ संरचनाका कारण पनि अप्ठ्यारो आएको बताए ।

‘कतिपय ठाउँमा हाम्रा संरचनाहरुको कारणले पनि अप्ठ्यारो भएको छ । च्यासलमा अघि एमाले पार्टी अफिसको कुरा गर्नुभयो, त्यसको छेउको पुल पानी नै बग्न नपाउने गरीको डिजाइन छ । त्यहाँ त पुलले पानी छेकेर समस्या बनाउँछ,’– उनले भने ।

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भइरहेको अवस्थामा उनी अमेरिकाबाट फर्किएपछि सबैभन्दा पहिला पार्टी कार्यालय पुगेका थिए । यसअघि पनि पटक–पटक पानी छिर्ने गरेको एमाले पार्टी कार्यालय पनि तुलसीलाल स्मृति प्रतिष्ठानको भवन हो ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १९:०३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।