Logo

प्रमुख समाचार

रविसँग मुकुलको हारगुहारः साधारण सदस्य नहटाइदिनुस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीको साधारण सदस्यबाट नहटाउन भन्दै हारगुहार गरेका छन् । उनले आफूमाथि गरिएको कारबाहीबारे पुनर्विचार गर्न भन्दै निवेदन दिएका छन् ।

कम्तीमा पनि रास्वपाको साधारण सदस्यता कायम राखिदिन उनको आग्रह छ । ‘मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१र०५र११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ,’– उनले दिएको निवेदनमा भनिएको छ ।

 

 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार ०७:००   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।