Logo

अर्थ

प्रभु महालक्ष्मी लाइफद्धारा बाढीबाट उद्धार गर्ने तामाङलाई सम्मान



काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चणिकलाल तामाङलाई सम्मान गरेको छ । कम्पनीले नख्खुखोलामा आएको बाढीले बगाएकामध्ये दुई जनालाई सकुशल उद्धार गर्न सफल काभ्रेका तामाङलाई सम्मान गरेको हो ।

तामाङलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्मान गरेका हुन् । प्रसाईंले ‘रियल हिरो’को संज्ञा दिँदै स्वतस्फूर्त रूपमा अरूको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए  ।

साथै, उनले कम्पीका तर्फबाट रु. ३० लाख बिमांक रकमको बिमालेखसहित रु.११ हजार नगद सम्मान स्वरूप प्रदान गरे । कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको र यस किसिमका सम्मानले हौसल प्रदान गर्ने बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार ११:५१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।