काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विपद्मा नागरिकको जिउधनको सुरक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपाली कांग्रेस सल्यान-काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रम’ लाई सम्बोधन गर्ने क्रममा नेता कोइरालाले राजधानीमै हेर्दाहेर्दै मान्छे बगाएको घट्नालाई समेत सरकारले बेवास्ता गरेको आरोप समेत लगाए ।
सरकार भनेको केवल कुर्सी र पद मात्रै नभएको भन्दै कोइरालाले प्रश्न गरे- ‘मन्त्री क्वाटरकै छेउबाट नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?’
विपद्को घडीमा कांग्रेस पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उद्धार तथा राहत वितरणमा जुट्न नेता डा कोइरालाले आग्रह गरे ।




















प्रतिक्रिया