बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारस मणी जोशी, सोही नगरपालिका–१ पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका५ बस्ने २६ वर्षीय दिपक भट्टलाई १ थान पेस्तोल र म्याग्जीन सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७–८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । उक्त घटनामा प्रयोग भएको से।६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो ।
२३ कार्तिक २०७७, आईतवार १२:११



















प्रतिक्रिया