Logo

बागमती प्रदेश

प्रहरीद्वारा हत्या गरि फरार भएका अभियुक्त सार्बजनिक



मकवानपुर जिल्ला प्रहरी कार्यालयले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने भीमराज भोलनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न २० वर्षीय शङ्खर भनिने भीमराज भोलनलाई  प्रहरीले शनिबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

शुक्रबार दिउँसो नजिकैको फुटवल चौरमा बसेर चुरोट खाइरहेको अवस्थामा विवाद भएपछि भोलनले साथमा रहेको खुकुरी प्रहार गरी वाइवाको हत्या गरेको जिप्रकाका एसपी सुशील सिं राठौरले जानकारी दिए । वाइवाको हत्या गरि भोलन फरार रहेका थिए । प्रहरीले भोलनको हुलिया र फोटो पत्राचार गरी खोजतलास गरेको थियो । फरार भोलनलाई शनिबार बिहान ललितपुर वाग्मती गाउँपालिका–२ माल्टाका स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।

प्रहरी चौकी भट्टेडाँडा ललितपुर र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट खटिएको टोलीले उनीलाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।-रासस/File Photo

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार १५:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।