Logo

प्रमुख समाचार

प्रचण्डको फोटो जलाउने राप्रपा कार्यकर्ता बम पक्राउ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउने राप्रपाका कार्यकर्ता नीराजन बम पक्राउ परेका छन् । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो ।

शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको फोटो जलाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको फोटो जलाएका हुन् ।

 

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १३:०३   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।