यो जीवन आमा बुबाको देन हो । त्यसैले पनि आमाबुबा हुँदा सम्मको कुनै क्षण अपुरो हुँदैन जहाँ एउटा सितल छहारी खोज्दै जाने बाटोको जरूरत, या आवश्यक पर्दैन, मेरो जन्म पनि स्वयंम त्यही अनुरुप बित्यो आमाबुबाको काख, दाजुभाई, दिदी बहिनी सँगै ताते र बामे सर्दै हुर्कदै बाल्यकाल बित्यो आमाबुबाको हेरविचार सेवाहरुले कुनै रोग नजिक देखिएन जहाँ औषधि आमाबुबाको दूधको धाराले पर रहन दिएन । घरको छानो सबै भाइबहिनीको एउटै सिरानीमा प्रियतमाको जिन्दगी बित्यो आज हेर्दा शताब्दी छुटे जस्तो हुँदैछ ।
घरको कमजोर अवस्थाले दाजु हुर्कदै जानुभयो भाइको आँखामा आफ्नो जीवन देख्न परदेशी हुने दिनपनि छिट्टै आएको थियो, बुबाआमा घरको छानो र हामी भाइबहिनीको हेरविचार गर्ने पर्खाइ गर्नुहुन्थ्यो सबै भाइबहिनी स्कुले जीवन तय हुँदै गयो तर टालेको लुगा च्यातिएको किताबको जिन्दगी गुजार्दै विद्यालयको पाठशाला नजिक पुग्न थाल्यौ, यस्तै गर्दै जीवन चल्न लाग्यो । नभन्दै गाउँकै विद्यालयमा माध्यमिक तहको अध्यापन समाप्त भएको पत्तो भयन। जब माध्यमिक पढाइ पछि घरबाट टाढा रहेर चलेको जीवन आज पनि दुरुस्तै सम्झना छ ।
जुन जीवन यसरी चलेको थियो, नेपालगन्ज, काठमाण्डौ, सुर्खेत, जहाँ आयोगको तयारी हुन्थे मैले प्रयास गरिरहे घरको चरम परिस्थिति आमाबुबाको सपनालाई थाथि राखेर सहरिया बन्न त्यति सहज थियन कहिले भोको पेटमा कयौ रातहरु गुजारेको सम्झना ताजै छ, रूम भाँडा तिर्ने पैसा हुँदैन थियो घरबेटीले भाडा नदिए रूम खाली गर्ने धम्की दिन्थ्यो तरपनि आफ्नो भन्दा परिवारको जिम्मेवारीले कहिले रुवाउन समेत रुवायो सम्झन्थे घरपरिवार अनि दाजुभाई र मेरो अग्रणी गुरुहरू र म प्रति आस्थावान आमाबुबाको सपना पुरा गर्नु आफ्नो कर्तव्य ठानेर जिन्दगी गुजारेर बढे, त्यसपछि कोरना जस्तो महामारी फैलन थाल्यो त्यसबेला हल्का आफ्नो जीवनको सुरुवातको नजिक पुगेको थिए कोरना सङ्क्रमण फाट्टफुट्ट समचार आइरहन्थ्यो, म पनि सुन्थे र कहिले काहीँ डराउथे पनि ।तर नेपालमा पनि क्रोनाको सङ्क्रण पुष्टि हुन लागेका समचार आउन थालेपछी म घर फर्किए ।
घर आएको त्यस्तै एक हप्ता पछि त देशमा बन्दाबन्दी नै भैसक्यो, आवतजावत पूर्ण रुपमा बन्द भयो, विश्व आक्रान्त भयो । म घरमै उहीँ बाल्यकालका काममा लागे । अलि बढी नै समय गाउमा बस्ने भए पछि मैले अलि अलि औषधि राखेर गाउमा हुने सामान्य बिरामिहरुको प्राथमिक उपचार गर्ने र उहाँहरुले दिएको खर्चले नै करिब ९ महिना जति जिबिका चलाइयो । तर म निजि ब्यवसायमा लाग्नु मेरो उदेश्य भने कहिलै पनि थिएन ।
मलाइ कोरना ९ महिना मेडिकल ब्यबसायी समेत बनायो, म भने अस्थायी सेवामा भए पनि सरकारी सेवामै छिर्न चाहान्थे तर नेपालमा सासन ब्यबस्था परिबर्तन भएपछी करिब ५ बर्षजती लोकसेवा खुलेन पनि । हुन त म काठमाडौ (एचए) को लोकसेवा तयारी गर्न नै हिनेको थिए, लोकसेवा नै नखुलेपछी म यताउती जागिरको लागि भौतारिनु परेको थियो ।
मैले करिब ९ महिना गाउमा बसिसकेपछी एक दिन फेसबुकमा अछाम तुर्माखाद गाउपालिकामा हे।अ।को आबेदन खुलेको देखे र मैले आबेदन दिए ।
आबेदन दिएर पनि तुरुन्तै परीक्षा भएन, म गाउमै थिए।करिब दुईरतीन महिनापछी मलाइ एक्कासी पालिका स्वास्थ्य शाखाबाट फोन आयो । यो मितिमा परीक्षा हुँदै छ, परीक्षा दिन इच्छुक हुनु हुन्छ भने आउनु होला भन्ने फोन आयो । म गए लिखित मौखिक दिए सफल पनि भए ।
अलि आट बढ्यो, म अस्थायी भए पनि सरकारी सेवामा छिरे । मलाइ तुर्माखाद गाउपालिका धमाली स्वास्थ्य चौकिमा हे.अ.पदमा पदस्थापना गर्यो ।
तीन बर्ष जति काम गरे, काम गर्दै । कोरनाले विश्व आकरान्त भैरहेको थियो, म पनि डराउथे । त्यतिबेला लकडाउन थियो, घर आउदा जादा कयौ दिन कर्णालीको किनारामा यात्रा गर्दै धमाली देखि पुल्लेतोला सम्म करिब ७/८ घण्टाको पैदलयात्रा गरि घर गइन्थो, घरबाट कार्यक्षेत्र गइन्था ।
कर्णाली छालको गर्मी को कारण कयौ दिन रुखका छहारिमा आराम गर्दै गर्दा त्यही सुतेको पनि छु । २०८०/१०/०१ गते सुदुरपस्चिम प्रदेशबाट लोकसेवामा सिफारिस भै म कार्यरत दरबन्दिमा उम्मेदवार पदस्थापना भए पश्चात् म फेरि उहीँ बेरोजगारी मै परिणत भए । मैले कार्यरत हुदा लोकसेवाको परीक्षा नदिएको भने हैन तर कहिले घर जानू पर्ने पनि बाध्यता, कहिले बिदामा घरको काममा सघाउनु पर्ने पनि बाध्यता भएकोले पढाइलाइ निरंतरता दिन सकेको थिएन ।
परीक्षा त ४/५ वटै दिए तर सफल भएन ।अब जागिर गए पछि २०८१/१२/२ गते म नेपालगन्ज हिडे, २०८० कै फागुन १ गते गण्डकी प्रदेश लोकसेवा आयोगमा आबेदन दिएकोले पोखरामा (एचए)को प्रथम चरणको परीक्षा थियो ।पाठ्यक्रम परिबर्तन भएकोले म नेपालगन्जमै बसेर प्रथम चरणको परीक्षा तयारी गर्ने निर्णय गरे र लगत्तै फागुन १ गते परीक्षा पनि भयो । करिब २५/२६दिनको गहन अध्यायनले प्रथम चरणको परिक्षामा केही आशा पलायो । म फेरि परीक्षा दिएर नेपालगन्ज नै फर्किए ।
नेपालगन्ज हुदा दाजुले काठमाडौ गएर तयारी गर भनपछी म फागुन १४ गते काठमाडौ गए । काठमाण्डौ मा ३/४ दिन जति समय लगाएर बबरमहलस्थिती एउटा सानो कोठा भाडामा लिएर दुई भाइ सङ्गै बस्यौ । फागुन १८ गते देखि बागबजारस्थित नेम ईन्स्टिच्युटमा लोकसेवा कक्षा सुरु गरेआधा फागुन र पूरा चैत्र महिना कलास लिए, चत्रको मसान्त तिर प्रथम पत्रको नतिजामा सफल पनि भए अलि मुटु दरो भयो । त्यसपछी करिब १८ दिनपछी दोस्रो चरणको लिखित परीक्षा थियो । १५ दिन सम्म लगभग १५/१६ घण्टा दैनिक अध्यायन गरे, अनि पोखरा परीक्षा दिन आए ।
लिखित परिक्षामा सोचेको भन्दा राम्रो गरेको अनुभव भयो । त्यसपछि लगभग १८ दिन सम्मका अनिउदा रातहरु गाडिमै सुतेर काठमाडौ पुगियो, काठमाडौ कलङ्की पुगेपछी मात्रै थाहा पाए म काठमाडौ पुगिसकेको रहेछु भनेर । फेरि अन्यप्रदेशको लोकसेवाको लागि पनि कलास निरन्तर लिइरहे । कोठामा पनि पढाइलाइ नियमितता दिए । भारतको पुनामा दाजुले काम गर्दै मलाइ आर्थिक तथा हौसला दिइरहनुभयो ।
घरमा आम्दानी स्रोत केही पनि थिएन, दुधे बालक बोकेर सानो परिश्रममा काम गर्ने मेरी श्रीमती र भारतमा चौकिदार गरि मलाई नेपाल सरकारको स्थायी सेवामा देख्न चाहाने मेरा दाजु र मेरो श्रीमती अनि आफू अशिक्षित भएर पनि मलाइ शिक्षित भएको सपना देख्नु हुने मेरा पुजनिय आमा बुबालाई नमन छ ।मलाइ आइपर्ने घरको सानोतिनो काम म गर्छु भन्दै जिम्मा लिएर अगाडि आउने मेरो भाइलाई माया छ । भाइको अझै प्रगतिको कामना गर्द छु, प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशबाट सफल भएर हाल म स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा सिफारिस भै धौलागिरी अस्पताल बाग्लुङ नेपाल स्वास्थ्य सेवाको पाचौ तहमा स्थायी सेवामा कार्यरत छु ।
२०८१/०६/०१ गते देखि स्थायी सेवामा कार्यरत रहँदैआएको छु । आज मेरो परिवार, मेरो गुरुहरू, मेरा प्यारा साथीभाईहरु मेरो सम्झनाको नजिकै रहर अनि आधार गाँसेर बसेको छन् जसले गर्दा आफ्नो खुसीको क्षण या अपुरो जीवन पूरा भएको छ ।
प्रतिक्रिया