Logo

अर्थ

सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, ईपीएस कति?



काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद नाफा ३३ करोड ७६ लाख रहेको छ । अघिल्लो आवको तुलनामा १०.७७ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले बीमाशुल्क आर्जन १५.८८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ अर्ब १ करोड रहेको बीमाशुल्क आर्ज ४ अर्ब ६५ करोड पुगेको छ ।

यस्तै अघिल्लो आवमा ५ अर्ब २२ करोड रहेको कुल आम्दानी पनि बढेर ६ अर्ब १२ करोड पुगेको छ । यो अवधिमा कम्पनीले कुल ५ अर्ब ७८ करोड रुपैयाँ खर्चिएको छ ।

कम्पनीको खुद दाबी भुक्तानी पनि ३ अर्ब ८३ करोडबाट बढेर ४ अर्ब ६९ करोड पुगेको छ । यस्तै कम्पनीले तेस्रो त्रैमाससम्म ३ लाख ३४ हजार ११७ वटा बीमा पोलिसी जारी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६० रहेकाे छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार १०:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।