Logo

अर्थ

प्रभु इन्स्योरेन्सको नाफामा ४८ प्रतिशत गिरावट



काठमाडाैं । प्रभु इन्स्योरेन्स कम्पनीको नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २० करोड २ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८.८४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको नाफा ३९ करोड १४ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद बीमाशु्ल्क आर्जन भने २.५७ प्रतिशतले बढ्दै ४७ करोड ६३ लाख पुगेको छ ।  कम्पनीको कुल खर्च १७.५५ प्रतिशतले घट्दै ४४ करोडमा सीमित बनेको छ । अघिल्लो आवमा २२ करोड २२ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिमा यस शीर्षकमा १६ करोड १७ लाख खर्चिएको छ ।

यस्तै कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३६ करोड, महाविपत्ती कोषमा ११ करोड ५३ लाख र रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमाससम्म कम्पनीले ९४ हजार ९१९ वटा बीमा पोलिसी जारी गरेको छ भने २९ हजार ८१२ वटा पोलिसी नविकरण गरेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १२:००   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।