Logo

अनलाइनपाना खोज

चन्द्र ढकालबाट पाथीभराको अस्तित्व संकटमा : केबलकारको नाममा अतिक्रमण, आस्थामाथि ठाडै प्रहार



ताप्लेजुङ । देशभरका सार्वजनिक सम्पतिको दोहन गर्ने लाईसेन्स पाएका व्यापारी हुन् चन्द्र प्रसाद ढकाल । उनको कार्यशैली हेर्दा लाग्छ उनी आँफै एउटा छुट्टै ‘सरकार’ हुन् । उनी नीति नियम र कानुनभन्दा पनि माथि छन् । उनको जबर्जस्तिका अगाडि कसैको केहि चल्दैन । गैर कानुनीरुपमा आर्जन गरेका सम्पतिले उनी राज्यका हरेक निकायलाई चुट्कीमा खरिद गर्ने हैसियत राख्छन् ।

गैर कानुनी हुण्डी कारोबारबाट फस्टाएका उनले यतिबेला भने व्यापारको मोडल परिवर्तन गरेका छन् । सत्ता र शक्तिका आडमा देशभरका सार्वजनिक जग्गा हडप्ने तथा कौडीका मूल्यमा बर्षौंबर्ष सम्मका लागि भाडामा लिएरै भएपनि त्यसमाथि कब्जा जमाउने उनको पूर्वनिर्धारित योजना हुन् । सोहि अनुरुप उनी जसको सरकार बन्छ उसैका मान्छे बन्न भ्याईहाल्छन् । पछिल्लो समय उनी माओवादीका अध्यक्ष प्रचण्डसँग अलि बढी नजिक भएकै करण प्रधानमन्त्री केपी शर्मा ओलीबाट टाढा हुन पुगे। जसका कारण उनको काम सोचेअनुसार नहुँदा सरकारका कर्मचारीको सहारा लिन बाध्य भएका छन् ।

राज्यका जिम्मेवार व्यक्तिको चाकडी चाप्लुसीसँगै आर्थिक प्रलोभनमा समेत पारेर ढकालले चन्द्रागिरीको ३६ हेक्टर (७०९ रोपनी २ आना) जग्गा वार्षिक मात्र १ लाख ८० हजार रुपैयाँ भाडामा ४८ वर्षका लागि अर्थात् प्रति रोपनी मासिक मात्र २१ रुपैयाँ १५ पैसामा हत्याउन सफल भए । ढकालले चन्द्रागिरीमा सम्झौताविपरीत स्विमिङ पुल सहितका महँगा होटल तथा रेस्टुरेन्ट संचालन गर्दै आएका छन् । तर उनका यी गैरकानुनी काम करबाहीका सन्दर्भमा न राज्य बोल्छ न त जनप्रतिनिधि ।

देशभरीका सार्वजनिक जग्गा हडप्दै निजी केबलकारसहितका व्यापार विस्तार गर्दै आएका ढकालले राज्य सत्तालाई समेत प्रभावमा पारी चन्द्रागिरी, मौलाकली, लुम्बिनी, जलपादेवी लगायतका क्षेत्रमा केबलकार निर्माण गरिसकेका छन् ।

सुरुमा सर्वसाधारणको सेवा गर्ने भन्दै केवलकार बनाउने अनुमति लिएका ढकालले बिस्तारै उक्त क्षेत्रमा आलिसान होटल तथा रिसोर्ट निर्माण गरी व्यापार विस्तार गर्दै आएका छन् । हालैमात्र पनि ढकालले मौलाकालीका मन्दिर नजिकैको सार्वजनिक जग्गा हडपेर आलिसान होटल ‘इला कम्फर्ट’ खोलेका छन् ।

सार्वजनिक वन तथा जग्गा हडप्ने ढकालको शिलशिलेवर यात्रा ताप्लेजुङको प्रशिद्द धार्मिक स्थल पाथिभरामा पर्यो । आस्था र विश्वास बोकेर लाखौँ दर्शनार्थी उक्त स्थानमा पुग्ने र करोडौं रुपैयाँ भेटी संकलन हुने भनक पाएका ढकालका आँखा त्यतातिर पुग्यो । पाथिभरा ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको धार्मिक स्थल भएका कारण उक्त स्थललाई एथास्थिमै रहन दिनुपर्ने स्थानीयको मागसहित चौतर्फी बिरोध भएपछि उनको योजनामा ब्रेक लाग्यो । तर, हरेकलाई चिन्ने र किन्नेसम्मको हैसियत बनाएका ढकालले स्थानीय जनप्रतिनिधीलाई प्रभावमा पारेर राज्यप्रशासनको चरम दुरुपयोग गरी स्थानीयमाथि बर्बर दमन गरेपछि अदालतले केबलकार परियोजना रोक्न अन्तरिम आदेश दिएपछि उक्त पवित्र स्थल शान्त छ ।

तर, सर्वोच्च अदालतले दिएको उक्त अन्तरिम आदेश खारेजभए सँगै केबलकार बनाउन बाटो खुलेको भन्दै ढकाल उक्त स्थानमा पुन: जबर्जस्ति गर्ने तयारीमा लागेका छन् जसका कारण पाथिभरामा जातीय एवं धार्मिक द्वन्द निम्तिने खतरा देखिएको छ । प्रसिद्द धार्मिक तीर्थस्थल पाथिभरा ‘मुक्कुमलुङ’ मा जबर्जस्ती केबलकार परियोजना अघि बढाएपछि विरोधमा उत्रिएका स्थानीयहरुले केबलकार अनुमति तथा सम्झौता खारेजीको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् । पाथिभरामा जबर्जस्ती केबलकार परियोजना अघि बढाएर ढकाल देशमा धार्मिक युद्ध मच्चाउन खोजिरहेका छन् ।

ताप्लेजुङस्थित पाथीभरा मन्दिरसम्म केवलकार निर्माणको लागि नेपाल सरकार, वन तथा भू–संरक्षण विभाग र पाथीभरा देवी दर्शन केवलकार प्रा.लि. बीच गरिएको सम्झौता अवैधानिक छ । हामीलाई प्राप्त दस्तावेजअनुसार कम्पनीलाई ४.७३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने र १०२३ वटा रूख कटान गर्ने अनुमति दिइएको देखिएको छ । जुन सरासर वन ऐन विपरीत छ। पाथीभरा देवी दर्शन केवलकार प्रा.लिसँग २०७५ सालमा सम्झौता भएको छ तर वन ऐन संसोधन भएर २०७६ आईसको अवस्थामा समेत ढकालले पुरानै ऐनअनुसारको सम्झौता देखाएर वन फडाने गर्दै आएका छन् ।

वन ऐन विपरीत सम्झौता

कम्पनीले फुङलिङ नगरपालिका–११ को राष्ट्रिय वन क्षेत्र प्रयोग गरी केवलकारको लागि टावर निर्माण, ट्र्याक अलाइनमेन्ट, सवारी चढ्ने–ओर्लिने स्थान निर्माणलगायतका कार्य गर्न पाउने उल्लेख छ । उक्त वन क्षेत्र प्रयोग गर्नका २०७५ सालमा वातावरणीय प्रभाव मूल्यांकन (IEE) प्रतिवेदन, रुख फँडानी सर्त, क्षतिपूर्तिको व्यवस्था र अन्य प्राविधिक विषयहरूमा सहमति गरिएको देखिन्छ। तर, त्यो सहमति जनताको मत, वातावरणीय चिन्ता र जैविक विविधताको रक्षा माथि भएको प्रहार भन्दै स्थानीयले नै आपत्ति जनाएका छन् । त्यसमाथि पनि सम्झौता भएको २ बर्षभित्र परियोजना अघि नबढाईएको अवस्थामा स्वत: रद्द हुने भनिएकाले पनि केवलकार निर्माण परियोजना नियमविपरित छ ।

सम्झौतामा उल्लेख भएअनुसार, कुल ४.७३ हेक्टर वन क्षेत्र उपयोगमा ल्याइनेछ, जसअन्तर्गत निर्माण कार्यका लागि १०२३ वटा रुखहरू हटाइनेछ । यो कार्य नेपाल सरकार र कम्पनीबीचको ‘दुहुनो गाई’ सम्झौता जस्तो देखिन्छ, जसमा संवेदनशील पर्यावरणीय क्षेत्रलाई चाडै मुनाफाको माध्यम बनाउने नियत प्रष्ट देखिन्छ ।

प्राप्त विवरणअनुसार, कम्पनीले “आवश्यक स्थानमा नयाँ जमिन उपलब्ध नगराएसम्म राष्ट्रिय वन क्षेत्रमा मात्रै कार्य गर्न पाइने छैन” भन्ने भनिएको छ तर ढकालको कम्पनीले हालसम्म पनि उक्त स्थानको सट्टा जग्गा उपलब्ध गराएको छैन । स्थानीय वन समितिहरू, संरक्षणकर्मीहरू र वातावरण विज्ञहरूले यस्ता परियोजनाहरूमा वैकल्पिक मार्ग, कम क्षति हुने प्रविधि वा सहर क्षेत्र प्रयोग गर्न सकिने उपायहरूलाई वेवास्ता गरिएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

केवलकार निर्माणले धार्मिक यात्रुहरूको सहज पहुँच हुने र स्थानीय पर्यटन प्रवर्द्धन हुने ढकालको दाबी छ । तर, विज्ञहरूका अनुसार उक्त कार्य धार्मिक पर्यटनको नाममा सार्वजनिक सम्पतिको दोहन जैविक विविधताको विनाश तथा धार्मिक आस्थामाथिको प्रहार हो । विशेषतः ताप्लेजुङको वन क्षेत्रले पूर्वी नेपालको पारिस्थितिक सन्तुलनमा ठूलो योगदान पुर्याईरहेकाले पनियसलाई यथास्थिमै रहन दिनुपर्ने आवाज उठिरहेको हो ।

पाथिभरामा ढकालको बलजफ्तीले संविधानले सुनिश्चित गरेको वातावरण संरक्षणको हक र दायित्वलाई सीधै चुनौती दिएको वातावरणविद्हरु बताउँछन् । प्राप्त प्रतिवेदन अनुसार केबलकार निर्माणका लागि गरिएको भनिएको सम्झौता पारदर्शी छैन । त्यसमाथि सार्वजनिक सुनुवाइ समत भएको छैन भने स्थानीयको भावनाविपरीतछ ।

स्थानीयहरु भन्छन्,- हामी विकास विरोधी होइनौं, तर विकासका नाममा ऐतिहसिक महत्व, परमपरागत मान्यता र कसैको आस्थामाथि प्रहार गरिनु न्यायोचित होईन ।’ विकास वातावरणीय, सामाजिक तथा नैतिक जिम्मेवारीसँग सन्तुलित हुनुपर्ने उनीहरुको भनाई छ ।

छुटाउनु भयो की ?

पाथिभरा केबलकार : कानुनी वैधानिकता बिना चन्द्र ढकालले कसरी कब्जा गरे राष्ट्रिय वन ?

पाथीभरामा केवलकार बनाउने ढकालको हुटहुटी कायमै: धर्ममा अनास्था, व्यापार किन धार्मिक क्षेत्रमै ?

चन्द्रागिरी हिल्समा आइएमइ समूहको दादागिरी : ईआइए विपरित के-के गरे ढकालले (प्रतिवेदन सहित)

चन्द्र ढकालको कब्जामा नेप्से : लुइँटेलको नियुक्ति उल्ट्याएर किन भित्र्याए चापागाई ? 

ग्लोबल आईएमई बैंकविरुद्ध सीआईबीमा जाहेरी

सर्वोच्च अदालतले पाथीभरा केवलकार निर्माणमा रोक लगाएपछि चन्द्र ढकालको छट्पटी बढ्यो

ग्लोबल आईएमई बैंकको ८ करोड कर्जा काण्ड : अध्यक्ष ढकाल र सीईओ रेग्मीको भूमिका शंकास्पद

सिंहदरबार धाउँदै सम्पत्ति थुपार्दै चन्द्र ढकाल, सरकारी सम्पत्तिमा हालीमुहाली

पाथीभरा केवलकारको कुन्ठा पोख्दै चन्द्र ढकालले भने – `लगानी गरेर गल्ती गरेजस्तै भयो´

सिंहदरबारमा चन्द्र ढकालको हारगुहार, पाथीभरा केवलकार बनाउन गर्दैछन् यस्तोसम्म हर्कत !

रोकिएन चन्द्र ढकालको अवैध धन्दा : पैदल यात्रीसँग पनि गैरकानुनी शुल्क अशुल्दै चद्रागिरी हिल्स

पाथीभरा केबलकार निर्माणमा वातावरणीय नियमको उल्लंघन, चन्द्र ढकालको भूमिका शंकास्पद

चन्द्र ढकालको व्यापारिक साम्राज्य : अवैध हुण्डी कारोबार, अनियमितता र सत्तासँगको साँठगाँठ

पाथिभरा केबलकार : सार्वजनिक जग्गा हडप्ने चन्द्र ढकाल अभियानको निरन्तरता, सरकार आँफै बिचौलिया

चन्द्रागिरी केबलकार जग्गा प्रकरण : भ्रष्टाचारको अर्को डरलाग्दो अध्याय

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार २२:१६   :  बजे

8.637k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।