Logo

अर्थ

क्रेस्ट माइक्रो लाइफको दोस्रो वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा आज शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको छ । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए ।

सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सभाबाट संचालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित शेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।

त्यसैगरी लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आ.व. २०८०÷०८१ को नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ का लागि बाह्य लेखापरिक्षकको रुपमा श्री जेएन उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ ।

त्यस्तै, सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र श्रीमती सुनिता महर्जन निर्विरोध निर्वाचित गरेको छ । सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित संचालकहरूलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आईतवार १०:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।