Logo

‘गोल-५० बेस्ट प्लेअर अवार्ड’ बायर्न म्युनिखका लेवान्डोस्कीलाई



स्पोर्ट्स अनलाइन गोल डट कम ले हरेक वर्ष गोल-५० बेस्ट प्लेयर अवार्ड प्रदान गर्दै आएको छ । यसैबीच जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले यस बर्षको गोल-५० बेस्ट प्लेयर अवार्ड जितेका छन् ।

लेवान्डोस्कीले बार्सिलोनाका कप्तान लिओनल मेसी र म्यान्चेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । गत सिजन बायर्नले डोमेस्टिक ट्रेबल सहित पाँच उपाधि जित्दा लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गत बर्ष बायर्नले जर्मन बुन्डेसलिगा, युरोपियन च्याम्पियन्स लिग र जर्मन कप सहित यूईएफए सुपर कप र जर्मन सुपर कप समेत उपाधि जितेको थियो ।

लेवान्डोस्कीले गत सिजन लिगमा ३४ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए । उनले गत सिजन कुल ४७ खेलमा ५५ गोल गरेका थिए ।
 सन् २०१९-२० सिजनको उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् ।

 त्यस्तै  महिलातर्फको अवार्ड चेल्सीकी पर्निल हार्डरले जितेकी छिन् ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ११ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।