Logo

कर्णाली प्रदेश

सिमकोटमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, ५ घाइते



काठमाडौं । हुम्लामा निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा एक युवतीको मृत्यु भएको छ ।

सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोले पुरिएर स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको हो ।

ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख शङ्कर पोखरेलले जानकारी दिए ।

सोही घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा २५ वर्षीय पदम सार्की, अन्दाजी २२ वर्षीया शर्मिला विक, ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन् ।

उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार ०८:५७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।