मुगु । छायाँनाथ रारा नगरपालिका– ११ स्थित लुम्स गाउँको नजिक बिद्युत पोल बाट करेन्ट लागेर आईतवार साँझ १० वटा खच्चरको मृत्यु भएको छ।
हावाहुरीका कारण तारहरू एक आपसमा जुझ्दा बिद्युत पोल हुँदै जमिन सम्म करेन्ट प्रवाह हुँदा उक्त घट्ना भएको नेपाल बिद्युत प्राधिकरण गमगाड बितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।
पिडित पक्षलाई राहतको लागि क्षतिपुरतिको लागि पनि आबश्यक पहल गर्ने समेत प्रमुख ऐडीले भने ।
मृत्यु भएका खच्चरहरू छायाँनाथ रारा नगरपालिका वडा नं १ का कर्ण बहादुर मल्लका ४ वटा ,सोही नगरपालिका वडा नं १० का जग्गी बढुवाल र पृथ्थीबहादुर ऐडीका ३, ३ वटा गरि जम्मा १० वटा खच्चडहरूको करेन्ट लागेर घट्ना स्थलमै मृत्यु भएको बताईएको छ ।
खच्चड धनी कर्णबहादुर मल्लले दिनु भएको प्रारम्भिक जानकारि अनुसार मुगुम कार्मारोङमा सामान ढुवानी गरेर फर्कदै गर्दा आज बेलुका लुम्स गाउँ नजिक बाटोमा खच्चडलाई करेन्ट लागेको थियो ।
आफु हरूलाई केही नभएपनि खच्चड बचाउन नसकिएको पनि मल्लले जानकारी दिए ।
घटनाको जानकारी पाउनेबित्तिकै गमगढी वितरण केन्द्रबाट प्राविधिक टोली तत्काल घटनास्थलतर्फ पठाइएको गमगाड बिद्युत बितरण प्रमुख साजन ऐडीले जानकारी दिएका छन् ।
घट्नाबारे थप अनुसंधानको लागी गमगढी बाट नेपाल प्रहरीको टोली घट्ना स्थलमा पुगिसकेको बताईएको । हाल घटनाबारे थप विवरण संकलन भइरहेको छ।




















प्रतिक्रिया