Logo

अर्थ

नेशनल लाइफको अध्यक्षमा सिंह पुनः निर्वाचित, बीमा प्राधिकरणद्वारा शपथ ग्रहण



काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबाट नेशनल लाइफकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । कम्पनीको असार ५ गते भएको ३७औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पुनर्निवाचित भएकी हुन् ।

नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट कम्पनीको पुनर्निवाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे ।

उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।

 

 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १३:१३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।