Logo

अर्थ

मेट लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुट



काठमाडौं । मेट लाइफ नेपालले आफ्नो वार्षिक बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बीमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको छ ।

यस अभियान अन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिएको छ भने पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिनेछ ।

बीमालेख पुनर्जागरण गर्ने प्रक्रिया सहज र पहुँचयोग्य बनाइएको छ । आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ–सेवा, कनेक्ट आइपीएस, वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने “यो अभियान हामीले ग्राहकहरूलाई सुरक्षित राख्ने र आत्मविश्वासका साथ भविष्यका योजना बनाउन सहयोग पु-याउने हाम्रो निरन्तर प्रयासको एक हिस्सा हो । सबै योग्य पॉलिसीहोल्डरहरूलाई यस अवसरको लाभ लिन हामी आग्रह गर्छौं ।”

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १५:३९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।