पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ तरकारी चोकमा आज ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना५३प ९७५३ नं को मोटरसाइकलाई आज बिहान ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक गुरुङलाई उपचारका क्रममा पुरानो मेडिकल कलेजमा ल्याइएको र केहि समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।





















प्रतिक्रिया