Logo

कर्णाली प्रदेश

भेरी करिडोर डेढ महिनादेखि अवरुद्ध



काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६, रिजिगारमा पर्ने जाजरकोट डोल्पा भेरी करिडोर डेढ महिनादेखि अवरुद्ध छ । गत असार ९ गतेदेखि अवरुद्ध सडकखण्ड अझै खुल्न सकेको छैन ।
योसँगै विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, कोदारीस्थित अरनिको राजमार्ग साउन १८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । यस्तै, संखुवासभाको भोटेखोला गाउँपालिका–४, बरुणस्थित कोसी राजमार्ग गत जेठ ६ गतेदेखि अवरुद्ध छ ।
रसुवाका नेपाल–चीन नाका जोड्ने पुल, पासाङल्हामु सडकखण्ड र गल्छी त्रिशूलीदेखि मैलुङ स्याफ्रु जाने सडक पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आईतवार १९:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।