Logo

अर्थ

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश क्षमता १४ प्रतिशत



काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकको खुद नाफा ६ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा नाफा ६ अर्ब १३ करोड रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६ अर्ब ७१ करोड रुपैयाँ छ ।

बैंकको वार्षिक प्रतिसेयर आम्दानी पहिले १६.९९ रुपैयाँ रहेकोमा अहिले १६.२८ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.१७ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म आउँदा ४.८७ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड रुपैयाँ छ । बैंकको लाभांश क्षमता १४.११ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ११:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।