Logo

प्रमुख समाचार

नाउपाको अध्यक्षमा रन्जिता नै कायम, लालवीर चौधरी‍ले पाएनन् मान्यता



काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ । हिजो सम्पन्न आयोगको बैठकले पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आएपनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।

राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधानअनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जिता नै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको आयोग स्रोतले जनाएको छ ।

नाउपा अध्यक्ष श्रेष्ठ पटक–पटक विवादमा परेपछि राष्ट्रिय भेला गरेर उनको स्थानमा लालवीर चौधरीलाई अध्यक्ष तोकिएको थियो । साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय भएको थियो ।

भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ११:३६   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।