Logo

अर्थ

सानिमा रिलायन्स लाइफको नाफा ३७ करोड ७४ लाख, प्रतिसेयर आम्दानी ७.५३ रुपैयाँ



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण प्रकाशित गरेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको नाफा ७.६० प्रतिशतले बढेर ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३५ करोड ८ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनी जीवन बीमा कोषको आकार १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ३३ करोड ७० लाख रुपैयाँ रहेको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.६० प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनी खुद बीमा शल्क आर्जन ५ अर्ब ८६ करोड रुपैयाँबाट १५.२९ प्रतिशतले बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा कम्पनीको कुल आम्दानी १५.४९ प्रतिशतले बढेर ८ अर्ब ६९ करोड र कुल खर्च १५.८१ प्रतिशतले बढेर ८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७.५३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १११.५९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार १०:५४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।