Logo

अर्थ

हिमालयन लाइफकाे नाफा ५४ करोड ६९ लाख



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार कम्पनीले ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६३ करोड ३८ लाख रुपैयाँको कमाएको थियो । यो नाफा आवको खुद नाफा १३.७१ प्रतिशत कम हो ।

समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर २५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । कुल खर्च २२ अर्ब ४ करोड रुपैयाँबाट ८.१२ प्रतिशतले बढेर २३ अर्ब ८३ करोड रुपैयाँ पुगको छ।

त्यस्तै, अघिल्लो वर्ष १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएकोमा गत वर्ष ६.६० प्रतिशतको बढेर १७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोष ६४ अर्ब ३९ करोड रुपैयाँ रहकोमा गत वर्ष १९.४८ प्रतिशतको वृद्धि हुँदा ७६ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७.९० रुपैयाँबाट ५.९८ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १११.२० रुपैयाँ कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँबाट १४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ र जगेडा कोषमा ७० करोड २९ लाख रुपैयाँ रहको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार ११:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।