Logo

कर्णाली प्रदेश

कर्णाली राजमार्गको जुम्ला–सुर्खेत सडकखण्ड सुचारु



सुर्खेत । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटस्थित कालेखोलामा सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग खुलेको छ ।

सडक भासिएका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ठूला मालबाहक ट्रकबाहेक अन्य गाडी आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रावतका अनुसार हिजो नै इन्जिनियरहरूको टिम सडक निर्माणको लागि कालिकोट पुगिसकेको छ ।

भासिएको सडकको मुनिदेखि पर्खाल उठाउनु पर्ने भएका कारण सडक निर्माणमा केही दिन लाग्न सक्नेछ । यात्रु आवत जावत गर्न अहिले समस्या नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ०८:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।