Logo

कर्णाली प्रदेश

कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध



सुर्खेत । कर्णाली राजमार्ग मंगलबार (भदौ १७) साँझदेखि अवरुद्ध भएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला भन्ने स्थानमा पहिरो गएपछि सडकको सो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

पहिरो गएसँगै आज बेलुकी ६ बजेदेखि पूर्ण रूपमा सडक अवरुद्ध भएको कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

सडक अवरुद्ध भएसँगै यातायातका साधनहरू सडकै रोकिएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार २२:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।