Logo

प्रमुख समाचार

निषेधाज्ञा र कर्फ्युको समय घटाइयो



 

काठमाडौँ । देशमा जारी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाली सेनाले निषेधाज्ञा र कर्फ्युको समयमा केही खुकुलो बनाएको छ। जङ्गी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै यो जानकारी दिएको हो।

सेनाका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा नागरिकको जीवन र धनको सुरक्षाका लागि जारी निषेधाज्ञा तथा कर्फ्युलाई क्रमबद्ध रूपमा खुकुलो बनाउनु आवश्यक देखिएको छ।

जारी सूचना अनुसार, अत्यावश्यक कामका लागि भदौ २६ गते बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म हिँडडुल गर्न पाइनेछ। यसबाहेक, भदौ २६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि २७ गते बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी रहनेछ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार २०:४०   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।