Logo

प्रमुख समाचार

राप्रपाको उपस्थिति नै पर्यो धरापमा !



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राजावादी र हिन्दूवादी रिङबाट आउट भएको चर्चा चलेको छ ।

जेनजी आन्दोलनपछिको अवस्थाबारे छलफल गरेर निकास खोज्ने क्रममा राजावादी र हिन्दूवादी प्रतिनिधिको रुपमा दुर्गा प्रसाईलाई अघि सारेर राप्रपालाई रिङ बाहिर रहेको सन्देश दिएको हो ।

राप्रपाको उपस्थिति नै धरापमा परेको चर्चा समेत चुलिएको हो ! नेपालमा राजा र हिन्दूको नाममा खाँदै आएको राप्रपालाई सोधपुछ गर्नु भनेको पुराना पार्टीहरुसँग सोधपुछ गर्नु हो भन्ने बुझेको सेनाले प्रसाईलाई अघि सारेको हो ।

सेनापति अशोकराज सिग्देलले जेन जीका प्रतिनिधिहरुलाई समेत दुर्गा प्रसाई पनि आन्दोलनको स्टेक होल्डर हो भनिदिएर उनको समहति हुनुपर्ने सन्देश दिईसकेका छन् । बुधबार सैनिक अधिकृतहरुसँग दुर्गाले बैठक समेत गरेका थिए । त्यसको तस्वीर समेत बाहिर आइसकेको छ । त्यसले राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

दुर्गा प्रसाई सैनिक हेडक्वार्टर पसेको खबरसँगै अन्य दलहरु अत्तालिएका छन् । दुर्गा अघि आउँदा आफ्नो खैरियत नहुने बुझेका दलहरु आत्तिका हुन् । तर, सेनाले भने दुर्गा प्रसाईसँग रहेको शक्तिको पहिचान गरेको हो कि भन्ने बुझिएको छ । जेनजीहरुमा पनि प्रसाईको राम्रै प्रभाव रहेको देखिएको छ ।

किनकी जेनजीको आन्दोलनको अघिल्लो दिन नै केही जेनजीहरु प्रसाईलाई भेट्न गएका थिए । अबको निकासमा पनि दुर्गा समेटिएनन् भने उनको समूहको असन्तुष्टि र वितण्डा कायमै रहने देखेर पनि सेनाले उनलाई सहभागी गराउन खोजेको हुनसक्ने पनि अनुमान गरिएको छ ।

यो संगै राप्रपामा ज्ञानबहादुर “ज्ञानेन्द्र” शाही मात्र बाेलेकाछन् । अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति हराएको छ । पार्टीको अन्तरकलह छताछुल्ल भएको छ । शाहीको बक्तब्यले खासै स्थान सुरक्षित गर्न सकेको छैन् । त्यसैले पनि राप्रपा मुलधारको राजनीति रिङबाट आउट भएको आंकलन गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ०६:००   :  बजे

285
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।