Logo

खेलकुद

भारतसँग पराजित भएसँगै उपाधि होडबाट बाहिरियो नेपाल



काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको उपाधि होडबाट नेपाल बाहिरिएको छ ।

बिहीबार भारतसँग सेमिफाइनलमा ३–० को हार बेहोरेसँगै नेपाल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको हो ।

भारतलाई कोलोम्बोस्थित रेशकोर्स रंगशालामा जित दिलाउन टोलीका गुनलेइबा वाङखेरियाकपाम, अजलान शाह ख र डायमण्ड सिंहले समान एक गोल गरे । भारतले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ६१औँ मिनेटमा वाङखेरियाकपामले टोलीलाई अग्रता दिलाए । ८०औँ मिनेटमा शाह ख ले अग्रतालाई दोब्बर बनाए । खेलको इन्जुरी समयमा सिंहले तेस्रो गोल गर्दै टोलीकोे जित सुनिश्चित गरे ।

यसअघि नेपालले समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइलनमा स्थान बनाएको थियो । नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।

समुह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको भारतले भने समूह चरणमा पाकिस्तानलाई ३–२, भुटानलाई १–० र माल्दिभ्सलाई ६–० ले हराएको थियो ।

भारतले अब उपाधिको निम्ति फाइलनमा बंगलादेशसँग खेल्नेछ । च्याम्पियनसिपअन्तर्गत आजै सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार २३:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।