Logo

प्रमुख समाचार

सिन्धुपाल्चोकको बलेफीबाट सुनकोशीमा खस्यो भ्यान



काठमाडौँ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफी स्थित अरनिको राजमार्गमा सुकुटेबाट खाडीचौरतर्फ जाँदै गरेको मारुती भ्यान सुनकोशी नदीमा खसेको छ ।

मारुती भ्यान सडकबाट अन्दाजी ५० मिटर तल सुनकोशी नदीमा खसी बेपत्ता भएको हो ।

भ्यान दुर्घटनापछि खोजीको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण सिन्धुपाल्चोक र सुरक्षा बेस लामोसाँघुबाट विपद् व्यवस्थापन सहितको सुरक्षाफौज परिचालन गरिएको सहप्रबक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार ०९:१२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।