Logo

प्रमुख समाचार

प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्दै



सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा बोलाएका छन् ।

प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्न सभामुखले बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका हुन् ।

सभामुख घिमिरेले संसद पुनर्स्थापनाको माग लिएर अदालत जाने कि नजाने रु भनेर दलहरूको धारणा लिन लागेको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

दलका प्रतिनिधिहरूलाई छलफलमा आउँदा पार्टीको आधिकारिक धारणा लिएर आउन पनि भनिएको छ ।

दलहरूसँगको धारणा लिएपछि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन, सर्वोच्च बारलगायतका पदाधिकारीसँग छलफल गर्ने सभामुखको तयारी छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार ०८:०६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।