Logo

अर्थ

जेनजी आन्दोलनको क्षतिमा हिमालयन एभरेस्टले गर्‍यो सबै मागदाबी भुक्तानी



काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा परेको माग दाबीमा २५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

क्षति पुगेका सम्पत्तिको शीघ्र दाबी भुक्तानी गर्ने रणनीति अनुरुप बीमा भई क्षतिपूर्ति दाबी गरिएका २९१ वटा आवेदनमध्ये हालसम्म २८८ वटा दाबी भुक्तानी सम्पन्न भएको कम्पनीले जनाएको छ ।

उक्त दाबी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको अग्रिम तथा अन्तिम दाबी भुक्तानीबापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधान भित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको दाबी विभाग प्रमुख रोज राज लुइँटेलले बताए ।

प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले प्रतिकुल परिस्थितिमा आर्थिक सुरक्षाका लागि बीमाको महत्वपूर्ण भूमिका रहने हुँदा समयमै शीघ्र दाबी भुक्तानीका लागि कम्पनीले हरसम्भव प्रयास गरेको बताइन् । ‘सो आन्दोलनका क्रममा भएका क्षतिबापत हाम्रो कम्पनीमा आएका करिब शतप्रतिशत मागदाबी भुक्तानी गरी हामीले बीमा क्षेत्रप्रति जनताको विश्वासलाई अझै वृद्धि गर्न सफल भएका छौं,’ सीईओ श्रेष्ठले भनिन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार ११:१६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।