काठमाडौं । व्यवसायी चन्द्र प्रसाद ढकाललाई नेपालका ‘हर्सद मेहेता’ को संज्ञा दिन थालिएको छ। ‘हर्ष मेहता’ को शैलीमा ढकाल अगाडी बढेको र सर्वोत्तम सिमेन्टको सेयर ट्रान्सफर घटनादेखि नेप्सेको अनलाईन सिस्टममा आफ्नो निजी कम्पनीमार्फत् ‘वाईको’ राखेर चन्द्रागिरी हिल्स लगायतका कम्पनीको शेयर मूल्य कृतिम रुपमा बढाइ लगानीकर्ता डुबाएको घटना र हाल व्यवसायीमाथि उनकै अग्रसरतामा हुँदै आएको अन्याय एवम् अर्घेल्याईजस्ता बिषयलाई लिएर नेपाली व्यवसायी ढकाललाई भारतीय ‘कुख्याद शेयर दलाल हर्षद मेहेता’ सँग तुलना गर्न थालिएको हो।
को हुन् हर्सद, कसरी भए ढकाल उनीजस्तै ?
सन् १९९२ मा भारतको श्रेयर बजारमा ठूलो घोटाला काण्ड भयो जसको चर्चा आजसम्म पनि विश्वभर छ। यस घोटाला मुख्य नाईके थिए, कुख्यात शेयर दलाल हर्षद मेहता।
बीमा कम्पनीको सेल्स म्यानबाट काम सुरु गरेका मेहेताले ब्रोकर कम्पनीमा जोडिएर शेयर बजारका सम्बन्धमा जानकारी राख्न थाले। केहि समयपछि आफ्नै कम्पनी खोलेर काम सुरु गरेका हर्षदले सन् १९८४ मा ‘बम्बे स्टक एक्सचेञ्ज’ को सदस्यता लिए । ८० को दशक सकिएर ९० को दशक सुरु हुँदै गर्दासम्म हर्षद शेयर बजारमा राम्रो पकड बनाइकेका थिए। विभिन्न संचारमाध्यमदेखि स्टक मार्केटका ठूलाठूला व्यापारी लगानेकर्ताहरुसँग उनको सामिप्यता हुन थाल्यो। उनलाई ‘आइडल म्यान’ का रुपमा हेर्न थालियो। राष्ट्रिय अन्तराष्ट्रिय रुपमा उनलाई राम्रो छविका साथ हेरिन थाल्यो।
हरेका आ-आफ्ना फर्मुला हुन्छन्, त्यस्तै हर्षदले पनि आफ्नै रणनीति एवं योजना थिए। सोहीअनुसार हर्षदले ‘एसीसी’ नामक स्टकमा रुची देखाए। त्यसबेला उक्त स्टकको मूल्य प्रतिकित्ता २ सय रुपैयाँ थियो । तर, हर्सद प्रवेश गर्नासाथ उक्त कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता ९ हजार पुग्यो। शेयरमूल्य बढ्ने कुनै फण्डामेन्टल कारण थिएन। अप्रत्यासित रुपमा किन शेयर मूल्य बढ्यो भन्ने बिषयको खोजी हुन् थाल्यो।
सोहिक्रममा ‘टाइम्स अफ इण्डिया’ की एक पत्रकार सुचेता दलालले शेयर मूल्य बढ्नु आन्तरिक कारणसहित हर्षदको नियतबारे भण्डाफोर गर्दै‘द स्क्याम’नामक पुस्तक लेखिन् । जसमा अहिले पनि ति बिषयहरु पढ्न सकिन्छ।
सुचेताका अनुसार उनले हर्षद शेयर प्रवेश गरेदेखिनै बजारमा कसरी चलखेल गरिरहेका छन् भन्ने बिषयमाथि अध्ययन गरिरहेकी थिए गरानी गरिरहेकी थिइन्। सोहिक्रममा सन् १९९२ मा आएर हर्षदले अवैध रुपमा बैंकबाट १५ दिनका लागि ऋण लिने र १५ दिनपछि फर्काउने गरेको तथ्य भेटाइन्।
त्यतिबेलासम्म हर्सदले बैंकिङ क्षेत्रमा राम्रो पकड बनाएका थिए। बैंकहरुलाई नगदको आवश्यकता हुँदा सरकारी बोन्डलाई अन्य बैंकहरुमा धितो राखेर पैसा लिने गर्थे । तर वास्तविक रुपमा बोन्डको लेनदेन भने बिचौलियामार्फत रसीदका आधारमा काम चलाइन्थ्यो। हर्षदले यहि सिस्टमभित्रको कमजोरीको फाइदा उठाएएर हर्सदले शेयरमा हर्सदले लगानी गर्दै आएको र सोहि रकम शेयर बजारमा लगानी गरी रातारात अर्बौं रुपैयाँ कमाएको तथ्य उजागर भयो ।
उक्त समयमा भारतको शेयर बजार उचाइमा थियो । भारतको अर्थतन्त्र नयाँ युगमा प्रवेश गरिरहेको थियो तर हर्षदले उक्त समयमा पनि आफ्नो वर्चश्व कायमै राखेका थिए । भारत नीजिकरण र विदेशी लगानी भित्राउने योजना थियो। सोहि अवस्थामा एक्कासी भारतमा आर्थिक मन्दी छायो। जसले भारतको शेयर बजारमा ठूलो गिरावट आयो। हर्षदले बैंकको लिएको रकम तिर्न सकेनन्। नसकेपछि उनले बैंकबाट अवैध रुपमा रकम लिएर लगानी गर्ने गरेको बिषयको पर्दाफास भयो। यसलाई ‘हर्षद मेहता घोटाला काण्ड’को नाम दिईयो।
सो काण्ड सार्वजनिक भएपछि न्यूयोर्क टाइ्रम्समा एउटा लेख प्रकाशित भयो । जसमा लेखिएको थियो,‘समस्या मेहता होइनन्। यो भारीय अर्थव्यवस्थाको इतिहासको त्यो रोचक समय हो, जहाँ पुराना पानाहरुलाई च्यातिदै छ । यस्तोमा घोटाला काण्डहरु आफ्नो खोलबाट बाहिर निस्केर आईरहेका छन् ।’
काण्ड सार्वजनिक भएपछि भारत सरकारले जाँचबुझ समिति बनायो । सीबीआईले हर्षद र उनका भाईहरु अश्विन र सुधीरलाई पक्राउ गर्यो । हर्षदविरुद्ध ७२ वटा आपराधिक मामिला र ६ सय भन्दा बढी घोटालाको मुद्दा दर्ता भयो। जुन भारतको इतिहासमै सबैभन्दा ठूलो घटना थियो। हर्षदले यसका लागि तत्कालिन प्रधानमन्त्री नरसिम्हा रावलाई एक करोड घुस दिएको दाबी गरे तर प्रमाण भने फेला परेन ।
जमानतपछि हर्षद शेयर बजारमा फर्किए तर, सन् २००१ मा उनलाई पुनःपक्राउ गरि जेल चलान गरियो । जेल मैहुँदा सन् २००१ डिसेम्बर ३१ मा हृदयघातका कारण हर्षद मेहताको निधन भयो । आरबीआईको रिपोर्टका अनुसार सन् १९९२ को यो घोटाला ४ हजार २५ करोड भारुबराबरको थियो । यसमा सबैभन्दा धेरै एसबिआई बैंकलाई घाटा लागेको थियो । एसबिआई बैंकसँग ६ सय करोड भारुबराबरको फ्रड भएको थियो ।
चन्द्र ढकाल- ‘नेपालका हर्सद मेहेता’ हुन् : व्यवसायी
नेपालका उद्योगी- व्यवसायीहरुले व्यवसायी चन्द्र प्रसाद ढकाललाई तिनै हर्सदसँग तुलाना गर्दै -‘नेपालका हर्सद मेहेता’ को संज्ञा दिएका छन्। व्यवसायी ढकाल जो उद्योगी-व्यवसायीको हक हित संरक्षणका लागि स्थापना भएको संस्था नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्षका छन्। तर महासंघको काम कर्तव्य भुलेर ढकाल निजी व्यवसाय बिस्तार एवं तिनै व्यवसायीलाई अप्ठ्यारो हुने गरी पहुँच बिस्तारमा लागेपछि उनको तीब्र आलोचना सुरु भएको छ।
जसरी हर्षद मेहताले भारतमा बैंकिङ प्रणालीको कमजोरीको फाइदा उठाउँदै बैंकको अरबौँ भारतीय रुपैयाँ सेयर बजारमा लगानी गरेर बजार कृत्रिम रूपमा माथि पु-याए। त्यसबेलाको घोटालाले भारतको अर्थतन्त्र हल्लाएको थियो र त्यसपछि सेयर बजारमा ठूला सुधारहरू गरिएका थिए।
त्यस्तै नेपालमा पनि बैंक, बीमा, पुजीबजार लगायतका क्षेत्रमा लगानी गर्दै मुनाफा कमाएका ढकालले पनि पद र पहुँचका आडमा विभिन्न बैंक तथा वित्तीय सँस्थामा जनताद्वारा संकलित रकम आफ्नो निजी व्यवसायमा लगाएको आरोप लागेको छ। उनले जनताबाट रकम संकलन गरी आफ्ना निजी कम्पनीमा आईपीओमार्फत लगानी गर्ने र नेप्सेको सिस्टममा आफ्नै कम्पनी ‘वाईको’ जडान गरी शेयर बजार हत्याएको लगानीकर्ताको गुनासो छ। ढकालले वाईको सिस्टम हत्याएर चन्द्रागिरि हिल्सको शेयर मूल्य कृतिम रुपमा बढाएको आरोप लाग्दै आएको छ। सुरुवातदेखि नै घाटामा रहेको चन्द्रागिरी हिल्सको शेयर मूल्य २७०० भन्दा माथि पुर्याएर ढकाल आँफु भने कम्पनीको सबै शेयर बिक्री गरी निस्किए।
पछिल्लो समय ढकालका निजी कम्पनी आईएमइ रेमिट,आईएमइ ग्रुपर उनले नेतृत्व गरिरहेको ग्ललोबल आईएमइ बैंक लगायतका कम्पनीहरूको गतिविधि र बजारमा उनीहरूको प्रभावलाई लिएर उनीमाथि विभिन्न किसिमका शंका-उपशंका बढेको देखिन्छ। हालै नेपाल ‘FATF’ को ग्रे लिस्टमा परेको पृष्ठभूमिमा पनि ढकाल समूहमाथि हुण्डी र वित्तीय अपराधका बिषय सार्वजनिक रूपमा उठ्न थालेका छन्।
ढकाल हर्सद मेहताजस्तै सत्ता र वित्तीय नेटवर्कको केन्द्रमा रहेका व्यक्ति हुन्। ठूला बैंक, बीमा कम्पनी र रेमिट व्यवसायमा उनी वा उनको समूहको प्रत्यक्ष नियन्त्रणले बजार मा स्वच्छ प्रतिस्पर्धा हुन नसकेको व्यवसायीहरुको गुनासो छ। उनीमाथि नियामक निकाय राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरणदेखि अर्थमन्त्रालयसम्मलाई प्रभावमा पारी साना व्यवसायी र प्रतिस्पर्धीहरूलाई दवाउँदै आएको गुनासो व्यावसायिक वृत्तमा व्याप्त छ।
जसरी भारतमा हर्षद मेहताको वित्तीय अपराधले हजारौँ लगानीकर्ताको सम्पत्ति गुम्यो। त्यसैगरी नेपालमा ढकालका कारण हजारौंको लगानीकर्ता डुबेका छन् जसको ज्वलन्त उदाहरणका रुपमा घाटामा रहेको चंद्रागीरी हिल्स, लाखौंको जनताबाट आईपिओ मार्फत उठाइएको रकम र नेप्सेको सिस्टममा वाईको जडान गरी कृतिम रुपमा शेयरको मूल्य बढाएर आफ्नो शेयर बिक्री गरी लगानीकर्ता डुबाएको घटना हो।
विभिन्न अर्थशास्त्रीहरूको भनाइअनुसार पनि नेपालमा अहिले देखिएको आर्थिक संकट, लगानीकर्ताको मनोबलमा आएको गिरावट र वित्तीय पारदर्शिताको अभावले नेपालमा ‘नयाँ हर्षद मेहता मोडेल’ को सुरुवात भएको देखिन्छ। यसलाई समयमै नियमन गर्न सकिएन भने लाखौँ लगानीकर्ता सडकमा आउने उनीहरुको दावी छ।
कृतिमा मूल्य बढाएर लाखौँ लगानीकर्ताको उठिवास
सर्वोत्तम सिमेन्टको सस्तोमा किन्ने र पछि बुक बिल्डिङ बिधि मार्फत प्रति कित्ता कम्तिमा ७५० रुपैयाँमा बिक्रि गरि मोटो रकम कुम्ल्याउने दाउमा ढकाल थिए। ढकाल धितोपत्र बोर्डमा हुँदा अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई बिश्वासमा लिन केहि हजार सेयर उनीहरुलाई दिएको आरोप समेत लागेको थियो। सोहि बेला अध्यक्षकी छोरी रेबिका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता सेयर हुनुले पनि यस आरोपलाई थप पुष्टि गरेको थियो। त्यस्तै नेप्सेका प्रमुख चन्द्र सिंह साउदले पनि सोहि समयमा श्रीमती सुशीलाकुमारी बोहराको नाममा ११ हजार ९१२ कित्ता शेयर राखेका थिए ।
यस घटनाले सर्वसाधारणलाई १ सय रुपैयाँमा बिक्रि गर्नुपर्ने सर्वोत्तमको सेयर प्रति कित्ता ७५० रुपैयाँमा बिक्रिको प्रस्ताव र अनुमती दिने प्रकृया किन सहजै अगाडी बढ्यो भन्ने स्पष्ट देखिएको थियो।
सर्वोत्तम सिमेन्टको हजारौं कित्ता सेयर सेबोनका संचालक समेत रहेका चन्द्र ढकाल र उनको परिवार तथा व्यवसायिक साझेदारहरुले आफ्नो नाममा ल्याउनुले किन बुक बिल्डिङ बिधिको नाममा महँगोमा सर्वसाधारणलाई सेयर बिक्रि गर्न खोजियो भन्ने पुष्टि भएको थियो।
आफ्ना लगानीका थुप्रै सँस्था सेयरको दोस्रो बजारमा सुचिकृत रहेको बेला पनि गलत नजिर टेकेर ढकाल महांसघको तर्फबाट धितोपत्र बोर्डमा संचालक बनेका थिए । यस घटनालाई आम सर्वसाधारण मात्र नभई व्यवसायीहरुले समेत चन्द्र ढकाल हर्ष मेहताको शैलीमा अगाडी बढेको र सर्वोत्तम सिमेन्टको सेयर ट्रान्सफर र चन्द्रागिरी हिल्सको शेयर मूल्य कृतिम रुपमा बढाएर लगानीकर्ता डुबाएको घटनालाई त्यसैको एउटा नमुना भएको बताएका छन्।
अर्थमन्त्रीको बुई चढेर व्यवसायी तर्साउँदै चन्द्र ढकाल, ‘एफएनसीसीआई’ को भूमिका शंकास्पद




















प्रतिक्रिया