Logo

अर्थ

नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका १५० जनाभन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिपप्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले मधेश प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गर्ने जानकारी गराउँदै यसमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता समेत व्यक्त गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार १२:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।