Logo

इन्स्योरेन्स

नेको इन्स्योरेन्सको खुद बीमाशुल्क २९ करोड ५४ लाख



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीको नाफा ऋणात्मक रहेको छ ।

२ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा १६ करोड ५८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३५ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले ५२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

त्यस्तै, कम्पनीले यस अवधिमा २९ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनी ८ करोड ३१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३५ (ऋणात्मक) पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ २ सय २७ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १२:०९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।