Logo

अर्थ

रिलायबल नेपाल लाइफको व्यापार बढ्यो, प्रतिसेयर आम्दानी १९.९० रुपैयाँ



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्म कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २९.६५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २५ करोड ५६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ र अन्य इक्विटीमा ५ करोड ७६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा २२ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८८ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ करोड ४ लाख रुपैयाँ थियो ।

चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले १ अर्ब २० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले चालु वर्षको असोजसम्म १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

सेयरपुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.९० रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १७.१९ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.२९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १५:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।